• २०८१ कार्तिक २९ बिहीबार
  • Thursday, 14 November, 2024

कालिकोट दुर्घटना अपडेट, मृतकको संख्या १० पुग्यो

सुर्खेत । कालीकोटको पलाता गाउँपालिका-३ राडूनेटामा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । 

गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बाँकी १० जना घाइते छन् ।

पलाताको थिर्पूबाट २० जना यात्रु बोकेर गएको बोलेरो आइतबार दिउँसो साढे दुई बजे दुर्घटना भएको थियो । गाडी सडकबाट ५०० मिटर तल खसेको छ।

उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर