आन्दोलनकै बीचबाट रास्वपाले टुंगो लगायो उपनिर्वाचनका उम्मेदवार
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । रास्वपाले बुधबार प्रारम्भिक निर्वाचनबाट पार्टीका उम्मेदवार चयन गरेको हो ।
आकांक्षी उम्मेदवारहरूबिच छलफल र पार्टीको स्थानीय नेतृत्वको सिफारिस अनुसार प्रारम्भिक निर्वाचन गरेर पार्टीको तर्फबाट उम्मेदवार चयन गरिएको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए ।
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।
प्रतिकृया दिनुहोस