• २०८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024

माधव कुमार नेपालले भनेः पार्टीको गति बढ्यो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको दसौँ महाधिवेशनपछि पार्टीको गति बढेको दाबी गरेका छन् ।

बिहीबार काठमाडौँमा नेपाल नेवा: राष्ट्रिय सङ्घ (समाजवादी) ले प्रकाशित गरेको नेपाल संवत ११४५ को क्यालेन्डर विमोचन कार्यक्रममा अध्यक्ष नेपालले राजनीतिक पार्टीहरूले जनतामा आशा जगाउनुपर्ने भन्दै त्यो काम आफ्नो पार्टीले गरिरहेको दाबी गरे । साथै उनले नेपालको परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको बताए । 

‘यो मुलुकमा कसैले काम गरेको छ भने हामीले गरेका छौ, गणतन्त्र कसैले ल्याएका छौ भने हामीले ल्याएका छौ । गणतन्त्र नेपालमा आउँदैन भन्नेहरू पनि यही पार्टीभित्र थिए’, अध्यक्ष नेपालले भने, ‘गीत गाएर मात्र होइन,विरोध नै गरेर हिँडेका थिए ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अध्यक्ष नेपालले ओलीले गणतन्त्र ल्याउने र राजतन्त्र हटाउने सवालमा उत्साह बढाउने नभई घटाउने काम गरेको बताए । 

‘हामीले टेरेनौ, वास्ता गरेनौ । हिँड्ने हिँडिरहन्छन्, हिम्मत नभएकाहरू बसिरहन्छन्, थन्किन्छन् । बस्नेलाई बस्न देऊ, जानेलाई जान देऊ भन्यौ र हिँडिरह्यौँ’, उनले राजतन्त्रको विरुद्ध बोल्न अरु पार्टीले पनि हिम्मत नगरेको बताए । 

‘काँग्रेसले पनि खुट्टा कमायो । बेबी किङ भन्न थाल्यो र हामीले एक्लै आँट गर्‍यौँ, परिवर्तनलाई साकार पार्यौं’, उनले भने । अध्यक्ष नेपालले संविधान निर्माणका सन्दर्भमा पनि त्यस्तै अवस्था रहेको बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर