• २०८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024

भारत मणिपुरमा रोकिएन साम्प्रादायीक हिंसा

File_Photo

एजेन्सी । भारतको उत्तर-पूर्वी राज्य मणिपुरमा महिला र बालबालिकाका ६ वटा शव भेटिएपछि  साम्प्रदायिक हिंसा मच्चिएको छ । शव भेटिएका मानिसहरू मैतेई समुदायका भएको अधिकारीहरूले बताएका छन् । 

मैतेई समूहका अगुवाहरूले अल्पसंख्यक कुकी समूहका मानिसले अपहरणपछि आफ्ना समुदायका मानिसको हत्या गरेको आरोप लगाएका छन् । तर प्रहरीले भने त्यसको हालसम्म पुष्टि नगरेको भारतीय सञ्चार माध्मयहरूले जनाएका छन् ।

घटनासँगै हिंसात्मक विरोध प्रदर्शनहरू भएका छन् । प्रहरीले पछिल्लो हिंसासँग सम्बन्धित २३ जनालाई पक्राउ गरेको जनाएको छ ।अधिकारीहरूले मैतेईको धेरै प्रभाव रहेका स्थानमा इन्टरनेट सेवा बन्द गरिएको र अनिश्चितकालिन कर्फ्यू लगाइएको जनाएका छन् ।

प्रदर्शनकारीहरूले शनिवार केही विधायकहरूको घर र कार्यालयमा तोडफोड र आगजनी गरेका जनाइएको छ । त्यस्तो तोडफोडका धेरैजसो निसाना सत्तारुढ भारतीय जनता पार्टी भाजपाका विधायकका घरहरू थिए ।

स्थिति अशान्त भएपछि संघीय सरकारले उच्च सुरक्षा अधिकारीहरूलाई मणिपुर पठाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । कन्द्रीय गृहमन्त्री अमित शाहले आइतवार मणिपुरको अवस्थालाई लिएर उच्चस्तरीय सुरक्षा बैठक बोलाएका छन् ।

कुकी र मैतेई समुदायबीच करिब दुई साताअघि चर्केको हिंसामा कम्तीमा २० जनाको ज्यान गइसकेको छ । कुकी समुदायकी भनिएकी एक महिलाको सशस्त्र समूहका सदस्यले बलात्कार गरेको र आगो लगाइदिएको भन्ने आरोपपछि नोभेम्बर ७ मा तनाव सुरु भएको थियो ।

त्यसको चार दिनपछि एउटा प्रहरी चौकी र मैतेई शरणार्थीहरू रहेको राहत शिविरमा आक्रमण भएको थियो । ती घटनामा कुकी समूहको हात रहेको आरोप लगाइएको छ । प्रहरीले त्यही दिन १० संदिग्ध लडाकुलाई गोली प्नहार गरेर मारेको थियो । प्रहरीले मारिनेहरू कुकी लडाकु भएको आशंका गरेको छ । तर कुकी संगठनहरूले त्यसलाई अस्वीकार गरेका छन् ।

दुई जातीय समूहहरूबीच सन् २०२३ को मेमा भएको हिंसाका कारण मणिपुरमा २ सयजनाको ज्यान गएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए । मैतेईले आफूहरूलाई आधिकारिक रूपमा जातीय हैसियत दिनुपर्ने माग गरेपछि कुकी समुदाय प्रदर्शनमा उत्रेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर