डुङ्गा दुर्घटना हुँदा १३ जनाको मृत्यु
एजेन्सी । भारतको मुम्बईमा रहेको गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुङ्गा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
यात्रु बोकेको डुङ्गालाई भारतीय नौसेनाको एक द्रुत गतिको डुङ्गाले ठक्कर दिएपछि दुर्घटना भएको हो । दुर्घटनामा नौसेनाका ३ जनासहित १३ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
दुर्घटना लगत्तै आएका उद्धारकर्ताले एक सय एक जनाको उद्धार गरेका छन् ।
मृतकका परिवारलाई राज्य सरकारले ५-५लाख रुपैयाँ राहत दिने घोषणा गरेको मुख्यमन्त्री देवेन्द्र फडणविसले जानकारी दिएका छन् ।
नौसेनाको स्पिड बोट इन्जिन परीक्षणको क्रममा अनियन्त्रित भएर यात्रु सवार डुङ्गामा ठोक्किएको खबरमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस