एमाले तेह्रथुममा ओली पक्षका श्रेष्ठ पराजित, १० बुंदे पक्षका ढुंगानाकाे जित

विराटनगर । नेकपा (एमाले) तेह्रथुमको १२ औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष पराजित भएको छ।

बिहीबार भएको निर्वाचनमा अध्यक्षमा दसबुँदे समूहका शिव ढुंगानामा २३६ मतसहित निर्वाचित भए। अध्यक्षका प्रत्यासी गोविन्दराज श्रेष्ठले २०४ मत ल्याए। 

अध्यक्षमा निर्वाचन भएका ढुंगानमा पूर्वजिल्ला समन्वय समितिका प्रमुख हुन्। उपाध्यक्ष सन्तोष तिगेला सर्वसम्मत भए। उनी पनि दसबुँदे समूहकै हुन्।

मादेनले ढुङ्गाना प्यानलका छत्रप्रसाद रिमाललाई २६ मतले पराजित गरेका हुन् । मादेनले २२६ र रिमालले २०२ मत प्राप्त गरेका हुन् ।

खुला उपसचिवमा ढुङ्गाना प्यानलका यादवबहादुर खापुङ निर्वाचित भएका छन् । मेन्छेयायेम गाउँपालिकाका अध्यक्षसमेत रहेका खापुङले २२० मत पाउँदा श्रेष्ठ प्यानलका उपसचिवका उम्मेदवार म्याङलुङ्गका अर्जुन ढुङ्गानाले २०८ मत प्राप्त गरेका छन् । अध्इष ढुङ्गाना १० बुद्धेपक्षधर हुन् ।

त्यसैगरी महिला उपसचिवमा पनि श्रेष्ठ प्यानलकी तारा ढकाल निर्वाचित भएकी छन् । ढकालले १७५ मत प्राप्त गरेकी छन् । ढुङ्गाना प्यानलकी सरिता खड्काले १६५ मत ल्याएकी थिइन् ।

उपसचिवमै विद्रोह गरेकी तारा कार्की गुरुङले ७८ मत प्राप्त गरेकी हुन् । उपाध्यक्षमा निर्वाचित भएका तिगेला र महिला उपसचिवमा निर्वाचित भएकी ढकाल छथर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष हुन् ।

ढुङ्गाना यसअगाडि जिल्ला समन्वय समिति तेह्रथुमको अध्यक्ष थिए भने श्रेष्ठ भर्खर मात्रै रिटायर भएका शिक्षक हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर