• २०८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024

रुसमा अमेरिकी मिसाइल प्रहार 

एजेन्सी । रुसले पहिलोपटक युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट आफ्नो प्रमुख वायु रक्षा प्रणाली ध्वस्त भएको स्वीकार गरेको छ। यसका साथै कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको छ।

अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टम जस्तै क्षमता भएको एस-४०० वायु रक्षा प्रणालीलाई लक्ष्य गरिएको छ।

हालै अमेरिकाले युक्रेनलाई एटीएसीएमएस मिसाइल दिएको छ र त्यसलाई रुसभित्र प्रयोग गर्न अनुमति दिएको छ।

युक्रेनले कुर्स्क क्षेत्रमा केही लक्ष्यलाई निशाना बनाएको बताएको थियो।

यसपछि रुसको रक्षा मन्त्रालयबाट विज्ञप्ति जारी गरी प्रतिकारात्मक कारबाही गर्ने चेतावनी दिएको छ।

यसैबीच युक्रेनी वायुसेनाले सोमबार राति रुसले १८८ ड्रोनबाट आक्रमण गर्दा केही आधारभूत संरचनामा क्षति पुगेको बताएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर