उपनिर्वाचनको नजिताले माओवादी उत्साहित: एक्लै चुनाव लड्नुपर्ने मत
काठमाडौं । एकाध बाहेक १६ मसिंरमा सम्पन्न स्थानीय तह उपानिर्वाचनको मत आईसकेको छ । एकाध बाहेक यस निर्वाचनमा प्रमुख प्रतिपक्षीको हैसियतमा चुनावी मैदानमा होमिएको माओवादीले उत्साहजनक सुधार गरेको छ । र माओवादीका नेता कार्यकर्तामा उत्साह थपिएको छ भने आगामी चुनावमा जनताको बीचमा पुग्ने र एक्लै चुनाव लड्नुपर्ने अवाज उठेको छ ।
कतिपय स्थानमा सत्ता गठबन्धनका दुइ ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर माओवादीविरुद्ध चुनाव लडेकाले आधार क्षेत्रमै पराजित हुनुपरेको त कतिपय स्थानमा गठबन्धनका बाबजुत माओवादीले जित हात पारेको छ ।
त्यसै भएर हौसिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको गढ मानिएको मोरङ जिल्लाको ग्रामथानमा माओवादी अध्यक्षले जित्दै गर्दा पूर्वबाट माओवादीमा लहर आएको छ ६४ सालको जस्तै हुने टिप्पणी गरेका थिए । उनले सो क्षेत्रमा माओवादी संघीय सांसद अमनलाल मोदीलाई विजयी गराएकोमा उम्मेदवारलाई बधाई दिन फोन गरेका थिए ।
ग्रामथान गाउँपालिकामा कांग्रेसको विरासत तोड्दै माओवादीले जित्यो । माओवादीका नमोनारायण माझीले कांग्रेसका बलराम सरदारलाई पराजित गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल उत्साहित हुँदै त्यस क्षेत्रका सांसद अमनलाल मोदी र माझीलाई बधाई दिन भ्याए । जाजरकोट नलगाडमा कांग्रेसका उम्मेदवार इन्द्राचन्द सिंहलाई पराजित गरी देवका लामिछाने निर्वाचित भएकी छन् । यसअघि माओवादी जितेको हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा पनि अग्रता लिएको छ ।
उपचुनावको परिणामलाई उपमहासचिव वर्षमान पुनले सरकारबाट बाहिर आए माओवादी खत्तम हुन्छ भन्ने मान्यतालाई यो उपनिर्वाचनले गलत सावित गरिदियो । पार्टी आफ्नो खुट्टामा उभिए जनताले विश्वास गर्छन् भन्ने देखिएको रुपमा टिप्पणी गरे ।
माओवादीले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै विजयी भयो ।
आफ्नो पूर्ववर्त् स्थान जोगाउनुभन्दा कांग्रेस एमाले गठबन्धनलाई पराजित गर्नु माओवादीका लागि प्रतिष्ठाको विषय बनेका थियो । पुथा उत्तरगंगामा एमाले उम्मेदवार कांग्रेसको रुख चिह्नमा केशकुमारी तुलाचन उम्मेदवार बनेकी थिइन् । माओवादीको गढ तोड्न सूर्य चिह्नमा कांग्रेसको मत रूपान्तरण नहुने डरले एमालेले कांग्रेसको चुनाव चिह्न स्वफकार गरेको थियो ।
माओवादीले सोमबार बेलुकसम्म एक अध्यक्ष, दुई उपप्रमुख र वडाध्यक्षसहित ९ स्थान जितेको छ ।
निरन्तर सत्ता मोहका कारण माओवादी केन्द्रप्रति मतदाताको चर्को आलोचना भएको बेला एक पालिका उपाध्यक्ष जोगाउँदै यो उपनिर्वाचनमा थप दुई पालिका मोरङको ग्रामथानमा अध्यक्ष र नलगाडमा उपप्रमुख जितेपछि माओवादी उत्साहित भएको छ ।
गत स्थानीय निर्वाचनमा ७५३ पालिकामध्ये १२१ पालिका जितेर तेस्रो भएको थियो ।
उपमहासचिव पुनले गत स्थानीय निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्दा पनि अपेक्षित परिणाम नआएका क्षेत्रमा यसपटक एक्लाएक्लै चुनाव लड्दा पनि जितेर जनताबाट माओवादी अनुमोदित भएको दाबी गरे ।
दाहालको नेतृत्वको सरकारले ‘सुशासन, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको पक्षमा गरेको कालले जनतामा आशा जागेको’ पुनको भनाइ छ । उनले विगतमा जितेका स्थानमा हार्नुको कारणबारे आगामी बैठकमा समीक्षा गर्ने बताए ।
स्थानीय तहको उपनिर्वाचनमा वडातर्फ उदयपुरको त्रियुगा नगरपालिका–१२ मा कांग्रेसको स्थानमा माओवादीले जितेको छ । धनुषाधाम नगरपालिका–१ धनुषा माओवादी केन्दले कांग्रेसबाट खोसेको छ । त्यस्तै नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रले कांग्रेसलाई पराजित गर्यो भने गोरखा नगरपालिका–५ गोरखा माओवादी केन्द्र एमालेलाई हराएर माओवादी जितेको छ । पुथा उत्तरगंगा गाउँपालिका–२ रुकुमपूर्वमा माओवादी केन्द्र निर्विरोध भएको थियो ।
त्रिपुरासुन्दरी नगरपालिका–५ डोल्पामा माओवादी केन्द्रले एमालेलाई पराजित गरेको छ । समग्रमा माओवादीले ०७९ को स्थानीय तह चुनावमा जितेका ६ मध्ये ५ वडा यस पटक गुमाए पनि पहिले जितेको १ र थप ५ मा जित हात पार्दै कमब्याक गरेको छ ।
प्रतिकृया दिनुहोस