• २०८१ मङ्सिर १९ बुधबार
  • Wednesday, 4 December, 2024

कीर्तिपुरमा कांग्रेस विजयी, माओवादी दोस्रो, एमाले तेस्रो

काठमाडौं । उपनिर्वाचनको परिणाका लागि सर्वाधिक पर्खाईको काठमाडौं कीर्तिपुरको मत परिणाम आएको छ । कीर्तिपुरमा नेपाली कांग्रेसले दुई वडा र नगरपालिकाको मेयर गरी सबैमा जित हात परेको छ । 

नगरपालिकामा माओवादी दोस्रो भएको छ भने नेकपा एमाले तेस्रो स्थानमा खुम्चिएको छ । 

कांग्रेसका कृष्णमानले ५ हजार ५०६ मत ल्याउँदा माओवादीका शिवशरण महर्जनले ५ हजार ६७ मत पाएका छन्। एमालेका सुरेन्द्रले ४ हजार ३२६ मत मात्र पाएको निर्वाचन कार्यालयले जनाएको छ। 

सुरूआतदेखि नै दोस्रो स्थानमा रहेका नेकपा एमालेका सुरेन्द्र मानन्धर तेस्रो स्थानमा झरेका हुन्।

नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले उछिन्दै दोस्रो स्थानमा आएका हुन्।  

स्वतन्त्र उम्मेदवार राजमान महर्जन चौथो स्थानमा छन्।  

यसअघि मेयर पदमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी बनेका थिए। उनले ९०४३ मत प्राप्त गरेका थिए।

वडा नम्बर १ को अध्यक्ष पदमा पनि कांग्रेसका हिरालाल महर्जनले ७७८ मत प्राप्त गरी विजयी बनेका थिए। वडा नम्बर ४ मा श्यामकुमार अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका थिए।

तीनै जना जनप्रतिनिधिको मृत्यु भएपछि उपनिर्वाचन भएको हो।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर