• २०८१ मङ्सिर २० बिहीबार
  • Thursday, 5 December, 2024

भारतीय प्रधानसेनापति नेपाल आएलगत्तै नेपाली प्रधानसेनापती भारत जाने

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चार दिने औपचारिक भ्रमणमा भारत जाने भएका छन् । सैनिक प्रवक्ता गौरव केसीका अनुसार प्रधानसेनापति सिग्देलले मंसिर २६ देखि २९ सम्म भारत भ्रमण गर्न लागेका हुन् ।

गत भदौ २४ मा प्रधानसेनापति भएका सिग्देललाई भ्रमणका क्रममा प्रधानसेनापति सिग्देललाई दुई देशबीचको लामो समयदेखिको परम्परा रहेको भारतीय सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिने छ ।

नेपाल र भारतको परम्परा अनुसार नेपाली सेनाको प्रमुखलाई भारतीय सेनाको मानार्थ महारथीबाट सम्मान गर्ने र भारतीय सेनाको स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीबाट सम्मान गरिन्छ ।

एक साता अघिमात्र भारतीय सेनाका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले नेपालको पाँच दिने भ्रमण गरेका थिए । उक्त अवसरमा उनलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर