• २०८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024

माओवादी केन्द्रीय समिति बैठक पुुस २१ मा, अरू के भए निर्णय ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गतेसम्मका लागि धकेलिएको छ । आज बसेको स्थायी समिति बैठकले तयारी नपुगेकाले केन्द्रीय समिति बैठक केही समय पछि धकेलेर गर्ने निर्णय गरेको हो । 

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको माओवादी स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले बैठक केहीदिन पछि सार्न राखेको प्रस्ताव पारित भएको स्थायी समिति सदस्य महेश्वरराज गहतराज ‘अथक’ले समाचार दैनिकलाई जानकारी दिए । 

केन्द्रीय समिति बैठक अघि स्थायी समिति बैठक १८ पुसमा बस्ने तय भएको छ । 

आजको बैठकमा सातै प्रदशेका इन्चार्जले चुनावको अवस्थाबारे रिपोर्ट राखेका थिए । उनीहरुले माओवादी मिलेर जाने हो भने अझै पनि माओवादीको पक्षमा जनता देखिएको बताएका थिए । अध्यक्ष प्रचण्डले विभिन्न राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय अवस्थाबारे ब्रिफिङ गरेको अथकले बताए । 

बैठकको प्रारम्भ गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनबिच भएको १० बुँदे ‘बीआरआई फ्रेमवर्क’ सहमति आफ्नो नेतृत्वको  सरकारले अगाडि बढाएको योजनामा ओलीले सहमति गरेको बताएका थिए । ‘केपी ओलीजीको चीन भ्रमणमा भएको ‘बीआरआई फ्रेमवर्क’ सम्झौता नयाँ होइन । त्यो  म प्रधानमन्त्री हुँदा आगाडि बढाएको योजना हो । यसमा कुनै तात्त्विक फरक छैन । उहाँको भ्रमण सफल देखिएन’, प्रचण्डको भनाई उदृद्ध गर्दै उपमहासचिव हरिबोल गजुरेलले बताए । 

यस्तै प्रचण्डले ओली सरकार चौतर्फी अलोकप्रिय बन्दै गएको, देश र जनताको  हितमा भन्दा पनि भ्रष्टाचारीलाई संरक्षण गर्न बनेको पुष्टि भएकाले सरकारविरुद्ध सशक्त रूपमा खबरदारी गर्न निर्देशन दिएको गजुरेलले जानकारी दिए । यसअघि २० गते बसेको  पदाधिकारी बैठकमा प्रचण्डले बीआरआई सम्झौताबारे अध्ययन गरेरमात्रै जवाफ दिने बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर