यस्ता छन् सरकारले गरेका १२ निर्णय
काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ । पुस ९ गते (मङ्गलबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकले विभिन्न १२ वटा निर्णय सार्वजनिक गरेको हो ।
सञ्चारमन्त्री गुरुङले सवारी तथा यातायात व्यवस्था (दशौं संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको निर्णय बैठकले गरेको जानकारी दिए ।
यस्तै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्दै पौडेलसमक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रतिकृया दिनुहोस