• २०८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024

माओवादी स्थायी समितिः अखिल क्रान्तिकारीको विवाद समाधान गरेपछि मात्रै नेतृत्व चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलन नेतृत्व चयन गर्न नसकेर स्थगित भइरहेका बेला माउ पार्टीले विवाद समाधान गरेपछि मात्रै थप प्रकृया अघि बढाउने निर्णय गरेको छ । 

आज बसेको स्थायी समिति बैठकले क्रान्तिकारी भित्र कायम रहेको सम्मेलनका प्रतिनिधिहरुको संख्या र आधिकारिकताबारेको विवाद र विधानले अघि सारेको उमेरहल लगाउनेबारेको विवाद समाधान गरेपछि मात्रै नेतृत्व चयनको प्रकृया अघि बढाउने निर्णय गरेको स्थायी समिति सदस्य महेश्वरजंग गहतराज ‘अथक’ले समाचार दैनिकलाई जानकारी दिए । 

विवाद समाधानका लागि संगठनका पदाधिकारी र विद्यार्थी फ्रण्ट हेर्ने नेतालाई जिम्मेवारी दिइएको उनले बताए । 

क्रान्तिकारीमा सम्मेलनका अन्य प्रकृया सकिएपनि नेतृत्व चयन हुन सकेको छैन ।

बन्द सत्रका क्रममा प्रस्तुत गरिएको विधानमा केन्द्रीय नेतृत्वका लागि बढीमा ३२ वर्षको उमेरहद लगाउने विषयले प्रवेश पाएपछि पुराना तथा अध्यक्षका आकाँक्षी नेताहरुले त्यसको विरोध गर्दै आएका छन् ।

उनीहरुले उमेरहद् लगाउने हो भने पार्टी र अन्य संगठनहरुमा पनि लगाउनु पर्ने अन्यथा लामो समयदेखि विद्यार्थीको राजनीति गरेका नेताहरुलाई नेतृत्वमा पुग्ने अवसर दिनुपर्ने माग गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर