नेपालगन्जमा हुन गइरहेको हाप्किडो राष्ट्रिय च्याम्पियनसिपको तयारी तीव्र
नेपाल हाप्किडो संघको आयोजनामा २०८१ पुस १२ र १३ गते लुम्बिनी प्रदेशको नेपालगन्जमा आयोजना हुन गइरहेको दोस्रो प्रोफेसनल हाप्किडो राष्ट्रिय च्याम्पियनसिपको तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ ।
यस च्याम्पियनसिपमा देशभरका सातवटै प्रदेशका उत्कृष्ट खेलाडी, प्रशिक्षक, निर्णायक, र पदाधिकारीहरूको सहभागिता रहनेछ, जसमा क्याडेट, जुनियर र सिनियरको विभिन्न तौल र उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । तयारीका क्रममा केन्द्र, प्रदेश र जिल्लाका विभिन्न पदाधिकारी, प्रशिक्षक तथा स्वयंसेवकहरूको टोलीले कार्यक्रमको सफलताका लागि सक्रिय रुपमा काम गरिरहेको व्यवस्थापन समितिका संयोजक तथा नेपाल हाप्किडो सङ् का केन्द्रिय सदस्य मोहसिन हलवाईले जानकारी दिए ।
प्रोफेसनल हाप्किडो राष्ट्रिय च्याम्पियनसिप वार्षिक कार्यक्रम अनुसार नेपालगन्जमा नियमित संघले आयोजना गर्दै आएको छ । च्याम्पियनसिपका लागि आयोजनाको स्थल नेपालगन्ज रंगशालामा तयारी भइरहेको छ र त्यहाका सुरक्षा, चिकित्सा सुविधा, बसोबास र प्राविधिक व्यवस्थापनलाई थप सुदृढ बनाइँदै छन् । आयोजक समितिले समयमै सबै तयारी पूरा गर्नका लागि कडा मेहनत गरिरहेको छ ।
च्याम्पियनसिप बाट उत्कृष्ट खेलाडीहरूलाई भारतमा २०२५ जनवरीमा हुने अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको छनौट तथा विभिन्न पुरस्कार र सम्मानहरू प्रदान गर्ने छन् । यस च्याम्पियनसिप एक ऐतिहासिक घटना बन्ने दिशामा अघि बढिरहेको छ, जसले नेपालको हाप्किडो खेललाई नयाँ उचाइमा पुर्याउने बताईएको छ ।
नेपाल हाप्किडो संघले नियमित वार्षिक कार्यक्रम अनुसार ६ वटा जस्तै, शहीद स्मृति हाप्किडो राष्ट्रिय च्याम्पियनसिप, ओपन राष्ट्रिय हाप्किडो च्याम्पियनसिप, महिला हाप्किडो राष्ट्रिय च्याम्पियनसिप, स्कुल स्तरीय हाप्किडो राष्ट्रिय च्याम्पियनसिप, प्रोफेसनल हाप्किडो राष्ट्रिय च्याम्पियनसिप र संघको स्थापना दिवस अवसरमा वार्षिक कार्यक्रम अनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशमा आयोजना हुने दशौ हाप्किडो राष्ट्रिय च्याम्पियनसिप रहेका छन् । यसैगरी अन्तर्राष्ट्रिय च्याम्पियनसिप तथा सेमिनार पनि कार्यक्रम आयोजना गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस