म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित, बार्सिलोना एथ्लेटिको मड्रिडसँग
काठमाडौँ । म्यानचेस्टर सिटी प्रिमियर लिगमा लगातार ६ खेलमा हारा खान बाध्य भएको छ । जारी सिजनमा निकै धराशायी भएको सिटीले गएराति एस्टन भिल्लासँग पनि हार खानु पर्यो ।
शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग २–१ गोल अन्तरले पराजित भएको हो ।
एस्टन भिल्लाको जितमा जोन डुरान र मोर्गन रोजर्सले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि एक गोल फिल फोडेनले गरेका थिए ।
यो जितपछि एस्टन भिल्लाको १७ खेलमा २८ अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर सिटीले भने यस सिजनमा छैटौं हार बेहोरेको छ । सिटीको १७ खेलमा २७ अंक रहेको छ र लिगमा छैटौं स्थानमा झरेको छ ।
उता स्पेनिस लिगमा बार्सिलोना चिर प्रतिद्धन्दी एथ्लेटिको मड्रिडसँग पराजित भएको छ । एथ्लेटिकोले पछिल्ला ५ खेलमा बार्साविरुद्ध पहिलो जित निकालेको हो ।
खेल २–१ गोलले एथ्लेटिकोको पक्षमा पुगेसँग लिगको अंक तालिकामा समेत एथ्लेटिकोले शीर्ष स्थान हासिल गरेको छ ।
खेलको ३०औं मिनेटमा पेड्रिको गोलबाट अग्रता लिएको बार्साविरुद्ध दोस्रो हाफमा एथ्लेटिकोले २ गोल हान्यो । ६०औं मिनेटमा अर्जेन्टाइन स्टार मिडफिल्डर डि पल तथा खेलको अन्तिम ९६औं मिनेटमा सोयरलोथले गोल गरेर लिग विजेताको बलियो दाबेदारी पेस गरेको छ ।
तालिकामा १८ खेलबाट ४१ अंकसहित एथ्लेटिको शीर्ष स्थानमा, १९ खेलबाट ३८ अंकसहित बार्सा दोस्रो स्थानमा झरेको छ ।
उता आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसमाथि ५–१ को प्रभावशाली जित निकालेको छ । यो जितपछि आर्सनलले लिग तालिकाको शीर्षमा रहेको लिभरपुलसँगको दूरी तीन अंकमा छोट्याएको छ र तेस्रोमा छ ।
आर्सनलको १७ खेलबाट ३३ अंक छ । लिभरपुलको दुई खेल कम खेलेको छ र ३६ अंक छ । चेल्सी भने १६ खेलबाट ३४ अंकमा दोस्रोमा रहेको छ । सेलहर्स्ट पार्कमा भएको खेलमा आर्सनलका लागि काइ हार्भटेज, ग्याब्रिएल मार्टिनेली र डेक्लान राइसले पनि गोल गरे ।
प्रतिकृया दिनुहोस