• २०८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024

दीपेन्द्रसिंह ऐरीले पाए कार, ललित राजवंशीलाई मोटरसाइकल

काठमाडौं । एनपीएल क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सुदुरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले ओमाडा कार उपहार पाएका छन् । मोटरसाइकल भने जनकपुर बोल्टसका बलर ललित राजबंशीले जिते । उनले सर्वाधिक विकेट हानेका कारण मोटरसाइकल उपहार पाए । 

कर्णाली याक्सका विपिन शर्मा नेपाल प्रिमियर लिग (एनपिएल) को उदीयमान खेलाडीको अवार्ड जितेका छन् ।

ट्यालेन्ट हन्टबाट छनोट भएर कर्णालीबाट एनपिएल खेलेका विपिनले ८ खेलमा १३ विकेट लिएका थिए ।

सुदूरपश्चिम रोयल्सका सैफ जैब नेपाल प्रिमियर लिगकै  ‘प्लेयर अफ द टुर्नामेन्ट’ बनेका छन्। 

इंग्ल्यान्डका ब्याटिङ अलराउन्डर उनी बायाँहाते ब्याट्सम्यान र स्लो लेफ्ट आर्म अर्थोडक्स बलिङ गर्छन्। 

एनपीएलमा उनले २७५ रन बनाए भने १२ विकेट लिए। 

न्युजिल्यान्डका जिम्मी (जेम्स) निशम पहिलो संस्करणको नेपाल प्रिमियर लिगको ‘एनर्जेटिक प्लेयर अफ टुर्नामेन्ट’ बनेका छन्। उनले दुई लाख नेपाली रुपैयाँ पुरस्कार पाए। 

ब्याटिङ अलराउन्डर उनी बायाँहाते ब्याट्सम्यान र राइट आर्म मिडियम फास्ट बलिङ गर्छन्। 

प्रतियोगितामा उनले कुल २४७ रन बनाए।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमाडो एण्ड जेईकोले कार उपहार दिने निर्णय गरेको थियो । 

नेपाल क्रिकेट सङ्घ, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले मिलेर दिन लागेको कारको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ।
जनकपुर बोल्ट्सका लाहिरु मिलान्था नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो सिजनमा उच्च स्कोरर बनेका छन् । फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध निर्णायक इनिङ्स खेलेपछि मिलान्थाले रबि बोपारा, रोहित पौडेललाई उछिनेका हुन् ।

फाइनलको दोस्रो इनिङ्स अगाडि सर्वाधिक रन बनाउनेमा मिलान्थाभन्दा माथि चितवन राइनोजका बोपारा, लुम्बिनी लायन्सका कप्तान रोहित, सुदूरपश्चिमका सैफ जैब, जनकपुरकै जिम्मी निशम र सुदूरपश्चिमका विनोद भण्डारी अगाडि थिए ।

बोपाराले ८ खेलमा २ सय ८६ रन बनाएका थिए । उनको टोली चितवन इलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएको थियो । अंक तालिकाको पुछारमा रहेको लुम्बिनीबाट रोहितले ७ खेलमा २ सय ७९ रन बनाएका थिए । फाइनलको इनिङ्सले जैबको कुल स्कोर २ सय ७५, विनोदको स्कोर ३५ रनमा पुर्‍याएको थियो ।

फाइनलअघि मिलान्थाको २ सय ६ रन थियो । फाइनलमा ४९ बलमा ८७ रन बनाएपछि मिलान्था २ सय ९३ रनसहित एनपीएलको सर्वाधिक रनकर्ता बनेका हुन् । मिलान्थाले एनपीएलको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ बलमा अविजित ७५ रन बनाएका थिए । मिलान्थाले १३० माथिको स्ट्राइक रेटमा सो रन बनाएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर