• २०८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024

‘हनिट्रयाप मुद्दा’मा मुछिएकी निलम्बित प्रहरी इन्स्पेक्टर विनु ‘सुटुक्क’ अदालतमा

काठमाडौं । ‘हनिट्रयाप मुद्दा’ मा फरार रहेकी निलम्बित प्रहरी इन्स्पेक्टर विनु शाही ‘सुटुक्क’ अदालतमा उपस्थित भएकी छन् । 

प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा आफैं उपस्थित भएकी हुन् । 

शाहीलाई पक्राउ गर्न प्रहरीले सर्वाधिक खोजतलास गर्दै आएको भए पनि हालसम्म फेला पार्न सकेको थिएन ।

उनी प्रहरीलाई चक्मा दिँदै अदालत पुगेकी हुन् । न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा उनको बयानका लागि पेसी तोकिएको स्रोतले जनाएको छ । 

इन्द्रकुमार राईको जाहेरीले भीमादेवी थापा समेत ६ जनाविरुद्ध आपराधिक लाभको मुद्दा दायर भएको थियो ।

सोही मुद्दामा शाही फरार थिइन् । उनी प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत रहेको बेला एक जना व्यवसायीलाई बलात्कार मुद्दामा फसाइ दिने भन्दै हनिट्रयाप समूहसँग मिलेर ३० लाख रुपैंयाँ रकम असुलेको आरोप छ ।

उनी काठमाडाैंमै हिडिरहेकाे र गृहमन्त्री रमेश लेखकलेनै संरक्षण गरेकाे भन्दै केही दिन अघि मात्रै समाचारहरू सार्वजनिक भएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर