• २०८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024

गगनले भने जनकपुर बोल्टसविरुद्ध साम्प्रदायिक व्यवहार गर्नेमाथि सरकारले तत्काल कारबाही गराेस

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलका क्रममा जनकपुर बोल्ट्सका समर्थकलाई नश्लीय र साम्प्रदायिक व्यवहार गर्नेमाथि तत्काल कारबाहीको माग गरेका छन् । 

आज (आइतबार) सामाजिक सञ्जालमा लेख्दै थापाले शनिबार भएको घटनालाई लिएर मधेसी आयोगले कानुनी उपचार खोज्दै गृह मन्त्रालयलाई गरेको कारबाही सिफारिस माग सही भएको बताएका छन् ।

‘जनकपुर बोल्ट्सका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुःख लाग्ने खालको छ ।

 मधेसी आयोगले यसको कानूनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक,’ थापाले भनेका छन्, ‘सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस् । यी हर्कतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन । नो इफ नो बट ।’ 

एनपीएलको फाइनल खेलका क्रममा कीर्तिपुर मैदानदेखि सामाजिक सञ्जालसम्म मधेसी समुदायलाई होच्याउने, आक्रमण गर्ने जस्ता कार्य भएको थियो । यसको चौतर्फी विरोध भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर