एमालेका स्थानीय नेता चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन सहकारी ठगीको आरोपमा पक्राउ
काठमाडाैं । काठाडौंको चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन्।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
उनी नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष तथा सो सहकारीका कोषाध्यक्ष हुन्।
प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। अदालतबाट पक्राउ पुर्जी आएपछि उनी फरार थिए ।
प्रतिकृया दिनुहोस