• २०८१ पौष ९ मंगलबार
  • Tuesday, 24 December, 2024

भक्तपुर बालकोटमा फरार जेठा छोराले बाबु र भाईको हत्या गरेको प्रहरी अनुमान

भक्तपुर । भक्तपुर बालकोटमा शनिबार राति भएको बाबु छोराको हत्याकाण्डमा जेठा छोरा तथा दाजु नै सम्लग्न भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । सोही आधारमा हाल फरार रहेका उनको खोजी कार्य जारी राखिएको छ ।

सूर्यविनायक नगरपालिका २ बालकोटस्थित डेरामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षका प्रवीण आचार्य मृत फेला परेका हुन्। 

सोमबार बिहान बाहिरबाट ताला लगाएको अवस्थामा भित्र छुट्टाछुट्टै कोठाभित्र उनीहरूको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। 

शनिबार राति ३ बजेअगाडि नै हत्या भइसकेको निष्कर्ष प्रहरीको छ। घटनास्थल आसपासका सीसीटीभी फुटेज, लोकेसन ट्र्याक लगायतका आधारमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

उनीहरूसँगै बसेका जेठा छोरा मिलन आचार्यको घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले उनको खोजी गरिरहेको छ। 

मिलन शनिबार राति साढे तीन बजे खैरो रङको स्कुटरमा चढेर सो स्थानबाट  गएको सीसीटीभी फुटेजबाट खुलेको छ। आइतबार बिहान उनी सातदोबाटो पुगेको पनि अनुसन्धानमा प्रहरीले पत्ता लगाएको छ। तर त्यसपछि कहाँ गए भन्ने पत्ता लगाउन सकेको छैन। 

जेठा छोरा मिलन र कान्छा प्रवीण पढ्नका लागि त्यहाँ २ वटा कोठा भाडामा लिएर बसेका थिए। मिलन लोकसेवाको तयारी गरिरहेका र कान्छा प्रवीण विज्ञान संकायमा  स्नातक पढिरहेका थिए। बाबु कुलप्रसाल जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख (नायब सुब्बा) पनि हुन्। 

उनी एक साताअघि नै काठमाडौँ आएको खुलेको छ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर