• २०८१ पौष १० बुधबार
  • Wednesday, 25 December, 2024

'संघीयता कार्यान्वयन गर्न तीन तहबीच सहयोग, समन्वय र सहकार्य चाहिन्छ'

ललितपुर । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले  संविधानको मर्मअनुसार संघीयता कार्यान्वयन गर्न तीनवटै तहका सरकारबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

संघीय संसद सचिवालय र गैरसरकारी संस्था 'फेड्रलिजम एण्ड लोकलाइजेशन सेन्टर'द्वारा ‘संघीयता, राष्ट्रियसभा र आगामी कार्यभार’ विषयमा मंगलबार आयोजित छलफलमा राष्ट्रिय सभा अध्यक्ष दाहालले संघीयतालाई सुदृढ बनाउन आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले भने, 'राष्ट्रिय सभालाई प्राप्त जिम्मेवारी सक्रियाताका साथ पूरा गर्ने, कमजोरी सच्च्याउँदै उपलब्धिको रक्षा हुनेछ ।'

उनले जनताको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन प्रणालीलाई सुदृढ तुल्याउन संसद र तीन तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले लोकतन्त्र र संघीयतालाई सबल बनाउन संविधानले दिएका जिम्मेवारी सबैले समयमै पूरा गर्न आवश्यक रहेको बताइन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीयता कार्यान्वयनमा देखिएका कमीकमजोरी सुधार गरी सुशासन गर्ने, राष्ट्रिय एकतालाई सुदृढ तुल्याउने र जनसहभागितामा आधारित समावेशी विकासलाई कार्यान्वयनमा सबैको साझा धारणा आवश्यक भएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर