• २०८१ पौष १० बुधबार
  • Wednesday, 25 December, 2024

अखिल क्रान्तिकारीको उमेर हद टुङ्गो लगाउन पुस १३ मा निर्वाचन, यस्ताे छ तालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

प्रमुख निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानद्वारा बुधबार जारी कार्यतालिका अनुसार पुस १० गतेदेखि निर्वाचन कार्यक्रम प्रारम्भ हुनेछ । पहिलो चरणमा ३२ वर्षे उमेर हद र दोस्रो चरणमा नेतृत्व चयनको लागि चुनाव हुनेगरी कार्यतालिका सार्वजनिक भएको हो ।

उमेर हदका लागि पुस १३ गते र नेतृत्व चयनका लागि १७ गते निर्वाचन हुनेछ ।

उमेर हदबारे जिल्ला भूगोल र गैरभूगोग गरी ८६ मतदान केन्द्र रहनेछ । भने नेतृत्व चयनका लागि भूगोल र गैरभूगोल गरी ९ प्रदेशस्तरीय मतदान केन्द्र रहनेछ ।असोज १०–१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले स्थगित भएको थियो ।

तर, अब निर्वाचन प्रक्रियाबाटै छिनोफानो गर्न लागेको हो ।

अहिले नेतृत्वका लागि दीपेश पुन, मदन भुल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, जीपी मैनालीलगायतको दाबी छ । तर, पार्टी नेतृत्वको आकांक्षा राखेझैं ३२ वर्षे उमेर हद लागू भए अहिले नेतृत्वको दौडमा रहेका अधिकांश बाहिरिने छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर