• २०८१ पौष १० बुधबार
  • Wednesday, 25 December, 2024

कार्यविभाजनमा आफ्ना पक्षका नेता पाखा पारिए भन्दै झलनाथ रुष्ट

काठमाडौं । अन्तरकलहबाट गुज्रिरहेकाे विपक्षी दल नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय नेताहरूको कार्यविभाजनप्रति पार्टीका सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि जनाएका छन् ।

खनालले आफ्नो सचिवालय ग्रुपमा नेता कार्यकर्तासामु कार्य विभाजनलाई लिएर असन्तुष्टि व्यक्त गरेका हुन् । 

समाजवादीका नेताहरूका अनुसार खनालले कार्यविभाजन हेर्दा आफूलाई पनि कयौँ विषयमा चित्त नबुझेको बताएका छन् । 

खनालले धेरै नेता कार्यकर्ताहरूले कार्यविभाजनका बारेमा चर्को असन्तुष्टि रहेको आफूलाई गुनासो गरेको भन्दै स्थायी कमिटीको निर्णयबारे आफूलाई विस्तृत जानकारी भइनसकेको बताएका छन् । 

‘स्थायी कमिटीले के निर्णय गर्यो मलाई थाहा छैन,’ खनालले भनेका छन् ।

उनले केन्द्रीय कमिटी सदस्यहरूको योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिँदै सिङ्गो पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

स्थायी कमिटीको बैठकपछि गत शुक्रबार अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीका सबै नेताहरूको कार्यविभाजन गरेका थिए । याे कार्यविभाजनले विभाजनकाे डीलमा पुगेकाे समाजवादीकाे विभाजनकाे सम्भावना टरेकाे चर्चा गरिएकाे थियाे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर