आजको राशिफलः मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ
मेष : चिताएको कामले तीव्रता लिनेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। मानप्रतिष्ठामा वृद्धि हुनेछ।
वृष : भोजभतेरमा सहभागी हुनुपर्ला। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। सेयर बजारबाट फाइदा हुनेछ।
मिथुन : धर्मकर्ममा रुचि बढ्ला। शुभ समाचार सुन्न पाइनेछ। रमणीय र सुखद यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। राजनीतिक कार्यमा सफलता मिल्नेछ।
कर्कट : मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। काम बिग्रने तथा आफन्तसँग मनमुटाव हुन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। पढाइलेखाइमा बाधा आउला।
सिंह : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। कुनै कुराले मनमा शान्ति छाउला।
कन्या : परिवारजनको साथले नयाँ आशा पलाउनेछ। आफन्तको सहयोगले कामहरू अगाडि बढ्नेछन्। घरमा अतिथिको आगमन हुनेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। वैदेशिक कार्य अघि बढ्ला।
तुला : सभा समारोहमा सरिक हुने सम्भावना छ। लगनशील भइनेछ। लामो समयदेखिका बाधा फुकुवा हुनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ।
वृश्चिक : काम रोकिनाले चिन्ता बढ्ला। चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ। यात्रामा मालसामान हराउन सक्छ। चञ्चलता बढ्नेछ। चोटपटकको भय छ सचेत रहनुहोला।
धनु : भेटघाटलाई नकार्न सकिदैँन। धार्मिक कार्यमा सरिक भइनेछ। घुमफिर र सफल यात्राका विशेष अवसर मिल्नेछन्। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न होलान्। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग देखिन्छ।
मकर : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना होला। पुरानो र बिर्सिसकेको साथीसँग भेट हुनेछ। घरजग्गाको कारोबारमा सफलता मिल्नेछ।
कुम्भ : शुभकार्यको चर्चा चल्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लगनशीलताले काम अगाडि बढ्छ। सामाजिक कार्यमा मन जानेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
मीन : कमजोर भएको अनुभूति हुनेछ। प्रेमीसँग वैचारिक मनमुटाव हुनेछ। आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला। स्वास्थ्य प्रतिकूल रहन सक्छ। अतः सजग रहनु उचित हुन्छ। मन्दिरको दर्शन भने अवश्य हुनेछ।
प्रतिकृया दिनुहोस