आलोचना बढेपछि एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ।
बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सचिवालय बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
एमाले प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमकाअनुसार आज बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्नेछ। एमालेले पुसभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ।
बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ। स्थानीय तहकाे चुनावमा पाएकाे परिणामबाट एमाले सन्तुष्ट छैन भने सरकारका कामलाइ लिएरसमेत सार्वजनिक रूपमा एमालेकाे चर्काे आलोचना भइरहेकाे छ ।
त्यस्तै, पार्टीको सांगठनिक कामको पनि समीक्षा गरिने प्रचार विभाग प्रमुख गौतमले बताए।
प्रतिकृया दिनुहोस