• २०८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024

बयानका लागि रवि लामिछानेलाई अदालत लगियो

काठमाडौं । सहकारी ठगी कसुरका प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गरिएको छ । 

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका रविलाई बयानका लागि जिल्ला अदालत कास्की पुर्‍याइएको हो ।

उनीसँगै हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर खनाललाई पनि अदालत लगिएको छ । 

हालसम्म छविलाल जोशीको बयान सकिएको छ भने लिला पछाईंको बयान चलिरहेको छ । लीलाको बयान सकिएपछि रविको बयान सुरु हुने जिल्ला अदालत कास्कीले जनाएको छ ।

न्यायाधीश नितिज राईको इललासमा उनीहरुको बयान हुँदैछ । आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ४४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । 

लामिछानेसहित पाँच जनाविरूद्ध भने सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर