• २०८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024

आलाेचनाकाे घेरामा परेकाे एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ मा

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठक यही पुस २१ र २२ गते काठमाडौंमा बस्ने भएको छ ।  

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको नेकपा (एमाले) केन्द्रीय सचिवालयको ४२औं बैठकले केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको हो । 

पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकले केन्द्रीय कमिटीको सो बैठकका एजेन्डा पनि निर्धारण गरेको छ ।

आजको बैठकबाट केन्द्रीय कमिटीका लागि राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक कामको जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णयहरूको अनुमोदन र समसामयिक प्रस्ताव गरेर चारवटा एजेन्डा तय गरिएको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

बैठकले पार्टीका स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले पार्टीको निर्णयका विरूद्धमा गर्नुभएको सार्वजनिक टिप्पणीका विषयमा पार्टीले स्पष्टीकरण सोधेकोमा दिएको स्पष्टीकरणको जवाफमा गल्ती महसुस गरेको नदेखिएकाले दुवै जनालाई ६ महिनाका लागि हालको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर