अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लगाउने पक्षको जित, माघ १२ मा निर्वाचन
काठमाठौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगनमा अन्ततः उमेरहद लागू हुने भएको छ । उमेरहद ३२ वर्षे लागू गर्ने कि नगर्ने भन्ने विषयमा देशभर भएको मतदानमा उमेरहदका पक्षमा बहुमत देखिएपछि यो विषयको छिनोफानो भएको हो ।
प्रमुख निर्वाचन आयुक्त मुक्ति नारायण श्रेष्ठका अनुसार खेलको कुल मतदाता २३९८ मध्ये १७ सय ७९ जनाले मतदान गरेका थिए । यसमा ९०० मत उमेरहदको पक्षमा र उमेरहद नलगाउने पक्षमा ८७९ मत खसेको थियो । २१ मतान्तरले उमेरहद लगाउने विषय पारित भएको छ ।
माओवादी पदाधिकारी बैठकले पनि उमेरहद लगाउने विषयमा समझदारी गर्दै यसको टुंगो भने विद्यार्थी संगठनले नै निर्वाचनबाट गराउने निर्णय गरेको थियो । मत परिणाम आएपछि अध्यक्ष पञ्चा सिंहले भनिन्, ‘उम्मेरहद ३२ लागु हुने भएको छ।
यो ऐतिहासिक जितका लागि हार्दिक बधाई छ। नेतृत्वको निर्वाचन माघ १२ गते सम्पन्न हुनेछ। कार्यतालिका निर्वाचन समितिले तत्काल सार्वजनिक गर्ने जानकारी गराउदछौ।’
मत परिणामसँगै निर्वाचन समितिले नयाँ निर्वाचनको मिति पनि तय गरेको छ । अध्यक्ष पञ्चा सिंहले दिएको जानकारी अनुसार आगामी माघ १२ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुने छ ।
प्रतिकृया दिनुहोस