• २०८१ पौष २० शनिबार
  • Saturday, 4 January, 2025

माधवकुमार र बामदेवबीच एकता गर्ने सहमति

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच सहकार्य हुँदै हुने निश्चित भएको छ। बुधबार आलोकनगरस्थित पार्टी कार्यालयमा उनीहरूबीच पार्टी एकताका विषयमा छलफल भएको हो।

उनीहरूबीच पार्टी एकता गर्ने विषयमा समझदारी बनेको स्रोतले बताएको छ। लामो समयदेखि गृहकार्य गरिरहेका उनीहरूबीच पार्टी एकता गर्ने समझदारी बनेको स्रोतको भनाइ छ।

यसमा विषयमा स्वयं वामदेवले पनि खुलेर कुरा गरेका छन्। उनले सञ्चारकर्मीसँग आफू र माधव नेपाल एकजुट हुने बताएका हुन्। ुमाधव नेपाल र म एकजुट हुने भइयो नि त,ु गौतमले भने। दुई पक्षबीचको समझदारीले अन्तिम रूप लिएपछि छिट्टै पार्टी एकता घोषणा गर्ने उनले बताए। उनले भीम रावलका बारेमा भने केही जानकारी नपाएको बताए। ुउहाँलाई ल्याउन माधवजीले के गर्नुभएको छ त्यो थाहा छैन,ु उनले भने। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर