किन लगानीकर्ताको विश्वास गुमाउँदै छन विकास बैंक ?

काठमाडौं । नेपालको सेयर बजारमा ठूला लगानीकर्ताको रजगज कायमै रहेको छ । अझ नियामकीय कारवाहीमा परेका र वित्तीय अवस्था कमजोर रहेका कम्पनीहरुको सेयर मूल्य झन धेरै हुने गरेको देखिन्छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई ‘टेक ओभर’ गरेपछि भने तिनै खेलाडीहरुले सबै विकास बैंकहरुको सेयर मूल्य घटाएका छन् ।

त्यसरी धेरै मूल्य घट्ने विकास बैंकहरुमा नारायणी डेभलपमेन्ट बैंक पहिलो नम्बरमा रहेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागको गैरस्थलगत सुपरीवेक्षणका आधारमा ८औं पटक कारबाही गरि सकेको छ ।

अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) कायम नगरेको भन्दै राष्ट्र बैंकले नारायणीलाई चौथौं पटकमा ६६ हजार ५३ रुपैयाँ, पाँचौं पटकमा ३३७ रुपैयाँ, छैटौं पटकमा ४२ हजार १२६ रुपैयाँ, सातौं पटकमा ५३ हजार २८ रुपैयाँ र आठौं २ हजार ४७८ रुपैयाँ जरीवाना गराएको थियो ।

त्यस्तै पटक पटक नियामकीय कारवाहीमा परेको नारायाणी डेभलपमेन्ट बैंकको खराब कर्जा ३४.८१ पुग्दा पनि सेयर मूल्य भने १ हजार माथि नै कायम छ । कम्पनीको खराब कर्जा बढ्दा पनि सेयर मूल्य बढी नै रहेको थियो, जब राष्ट्र बैंकले विकास बैंकहरुलाई कारवाही गर्न थाल्यो, तब भने नारायणलीको सेयर मूल्यमा दैनिक नकारात्मक सर्किट लाग्न थालेको छ ।

कम्पनीको वित्तीय अवस्था अनुसार प्रतिसेयर सम्पत्ति लगभग २३ रुपैयाँ रहेकको छ भने कम्पनीको बजार मूल्य प्रतिकित्ता १ हजार ४० रुपैयाँ रहेको छ । कदाचित कम्पनी लिक्वीटेसनमा गएमा अहिलेको वित्तीय अवस्था अनुसार १ हजार ४० रुपैयाँमा किनेको सेयर बापत २३ रुपैयाँ बराबरको सम्पत्ति मात्रै लगानीकर्ताको हातमा पर्नेछ ।

के लगानीकर्ता चलाख भएका हुन् रु या सोझा लगानीकर्तालाई कतै जालमा पार्दै त छैनन् ठूला लगानीकर्ताले रु

नारायणी डेभलपमेन्ट बैंक मात्रै होइनखराब कर्जा भएको जस्तै, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकहरुले पछिल्लो समय आफु बाच्नको लागि मूल्य घटाएको हो कि भन्ने लगानीकर्ताको बुझाइ छ ।

नारायणी डेभलपमेन्ट बैंकको सेयर खरिद बिक्री प्याटर्न हेर्दा यसको सबैभन्दा धेरै कारोबार २८ र ५६ नम्बरको ब्रोकरबाट भइरहेको छ । यसबाट पनि बुझन सकिन्छ कुनै ग्रुपले कारवाहीमा पर्ने डरले त हैन सेयर मूल्यमा चलखेल गरी रहेका रु

नारायणीले सेयरधनीहरुलाई २०२२ देखि  कुनै पनि लाभांश दिएको छैन । कम्पनीको सेयर संख्या २६ लाख २४ हजार ६ सय ७६ कित्ता रहेको छ भने सर्वसाधारणको लागि ७ लाख ६१ हजार १ सय ५६ कित्ता रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर