आणविक ऊर्जामा ठूलो लगानी किन गरिरहेछन ठूला प्राविधिक कम्पनी ?

काठमाडौं । क्लाउड कम्प्युटिङ र कृत्रिम बौद्धिकता ९एआई० लाई ऊर्जा प्रदान गर्ने डाटा सेन्टरहरूले ऊर्जा माग र उत्पादनलाई नयाँ सीमामा पुर्‍याइरहेका छन् ।

अमेरिकाको ऊर्जा विभागका अनुसार सन् २०५० सम्ममा विश्वव्यापी विद्युत् प्रयोग ७५ प्रतिशतले बढ्न सक्छ, जसमा प्रविधि उद्योगको एआई महत्त्वाकांक्षाहरूले ठूलो भूमिका खेल्नेछन् ।

एआई र क्लाउड कम्प्युटिङलाई पावर गर्ने डाटा सेन्टरहरू चाँडै नै यति ठूला हुन सक्छन् कि उनीहरूले सम्पूर्ण सहरहरू भन्दा बढी बिजुली प्रयोग गर्न सक्छन् ।

एआईमा अगाडि बढ्न चाहने कम्पनीहरूले आफ्नो प्रविधि विकास र विस्तार गर्दा उनीहरूको ऊर्जा आवश्यकता र दिगोपन लक्ष्य बीचको असमानता देख्न थालेका छन् ।

रेडियन्ट एनर्जी ग्रुपका प्रबन्ध निर्देशक मार्क नेल्सनले, ‘एउटा नयाँ डाटा सेन्टरले सिकागोलाई चाहिने जति विद्युत् आवश्यक पर्छ । उनीहरूले आफ्ना ऊर्जा आवश्यकताहरू नबुझी त्यस समस्या समाधान गर्न सक्दैनन् ।’

‘उनीहरूलाई बिजुली चाहिन्छ नै, २४ घन्टा, ३६५ दिन,’ उनले थपे ।

नवीकरणीय ऊर्जामा केन्द्रित वर्षौंपछि ठूला प्रविधि कम्पनीहरू अब आणविक ऊर्जामा आकर्षित भएका छन्, जसले धेरै ठूलो ऊर्जा प्रदान गर्न दक्ष र दिगो समाधान प्रदान गर्छ ।

गुगल, अमेजन, माइक्रोसफ्ट र मेटाजस्ता ठूला कम्पनीहरू आणविक ऊर्जा परियोजनाहरू अन्वेषण गर्न वा लगानी गर्न अगाडि आएका छन् । यी डाटा सेन्टर र एआई मोडलहरूको ऊर्जा मागले यी प्रविधि कम्पनीहरूलाई आणविक ऊर्जामा लगानी गर्न प्रेरित गरेको हो ।

गुगलका ऊर्जा तथा वातावरण निर्देशक माइकल टेरेल भन्छन्, ‘आणविक ऊर्जासँग धेरै फाइदाहरू छन् । यो कार्बन(रहित ऊर्जा स्रोत हो । यो सधैं चलिरहनसक्ने भरपर्दो ऊर्जा हो । र यसले ठूलो आर्थिक प्रभाव पनि पार्छ ।’

पहिले आणविक ऊर्जा प्रतिको डर र त्रुटिपूर्ण सूचनाले यसलाई उपेक्षा गरिएको भए पनि अहिले प्राविधिक क्षेत्रमा लगानीलाई ‘आणविक पुनरुत्थान’ को सुरुवातको रूपमा हेरिएको छ । यो परिवर्तनले अमेरिकामा र विश्वव्यापी रूपमा ऊर्जा रूपान्तरणलाई तीव्र बनाउने सम्भावना छ ।

पछिल्लो १० वर्षमा डेटा सेन्टरहरूको विद्युत खपत द्रुत रूपमा बढेको छ ।

विकासकर्ताहरू एआईको आगमनसँगै डेटा सेन्टरहरूको साइज पनि ठूलो हुँदै गएकाले तिनीहरूलाई चलाउन आवश्यक पर्ने ऊर्जा पाउन र तिनीहरूलाई राख्न उपयुक्त जग्गा खोज्न कठिन हुँदै जाने बताउँछन् ।

डेटा सेन्टरले एक गिगावाट वा सोभन्दा बढी विद्युत माग गर्न सक्ने पनि उनीहरू बताउँछन् ।

डेटा सेन्टरहरू जसले लाखौं घरपरिवार बराबरको ऊर्जा खपत गर्छन्, भविष्यमा अझ ठूलो भूमिकामा आउनसक्ने प्रक्ष्येपण छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर