• २०८१ पौष २१ आइतबार
  • Sunday, 5 January, 2025

ओलीकाे कदमप्रति असन्तुष्ट विद्या भण्डारी  भेट्न उनकै निवास पुगे प्रधानमन्त्री

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रीय राजनीतिमा फर्कने चर्चा चलिरहेका बेला नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन्।

ओली पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई उनको बुढानीलकण्ठस्थित निवासमै पुगेका हुन्।

उनीहरूबीच करिब दुई घण्टा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ।  

'प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास बुढानीलकण्ठ  पुग्नुभएको थियो । करिब दुई  घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो  राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो,' सचिवालयले भनेकाे छ ।
 

पूर्वराष्ट्रपति भण्डारी ओलीका हालैका गतिविधिप्रति असन्तुष्ट रहेकाे चर्चा छ । एमाले नेताहरूमाथिको कारबाहीमा पनि उनको असहमति जनाएकाे स्राेतकाे दावी छ। 

ओलीले पार्टीमा एकता कायम गर्न नसकेको र उनले नेतृत्व लिएपछि संगठनमा निराशा एवं क्षयीकरण बढेको उनको बुझाइ छ। यसैकारण उनले पार्टीनिकट विभिन्न मञ्चमा उपस्थिति बढाउँदै गएकी छन्।

ओलीकै विश्वासपात्रका रूपमा काम गरेका नेताहरू भण्डारीसँग निकट भएर काम गरिरहेका छन्। यसप्रति असन्तुष्ट जनाउँदै ओलीले केही साताअघि पार्टीको कार्यक्रममा पूर्वराष्ट्रपतिकहाँ गएर गल हाल्ने काम नगर्न चेतावनी दिएका थिए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर