रविविरूद्ध काठमाडौंमा पनि मुद्दा दर्ता गर्ने तयारी
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ।
बिहीबार प्रहरीले ४४ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।
जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालका अनुसार प्रहरीले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गर्दै प्रतिवेदन बुझाएको छ।
संगठित अपराध र सहकारी बचत रकम अपचलनमा मुद्दा दायर गर्न प्रतिवेदन बुझाएको हो। अहिले लेखा सदस्य सुनिता नेवा र कर्जा सदस्य कमल लामा मात्रै परिसरको हिरासतमा छन्। केही प्रतिवादीहरू कास्कीमा र अन्य फरार छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जिबी राई, पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेल लगायतविरूद्ध पनि मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ।
प्रतिकृया दिनुहोस