• २०८१ पौष २४ बुधबार
  • Wednesday, 8 January, 2025

२७ संघलाई राखेपले सोध्यो स्पष्टीकरण

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) आबद्ध सबै २७ राष्ट्रिय संघलाई स्पष्टीकरण सोधेको छ।  

सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै गत शनिवार निर्वाचनमा सहभागी भएको तथा नैतिक समर्थन जनाएको भन्दै राखेपले स्पष्टीकरण सोधेको हो । अनलाइनमार्फत् भएको निर्वाचनमा २० संघका‌ प्रतिनिधिले मतदान गरेका थिए। निर्वाचनमा भाग नलिएका ७ संघसहित सबैलाई राखेपले ३ दिन भित्र स्पष्टीकरण बुझाउन निर्देशन भनेको छ।  

अदालतको आदेशको अवज्ञा र राखेपको निर्देशन अटेर गर्दै एनओसीले निर्वाचन गराएको थियो । निर्वाचनबाट जीवनराम श्रेष्ठ तेस्रो पटक अध्यक्ष चुनिएका थिए । ७ उपाध्यक्ष, एक महासचिव, एक सहमहासचिव, तीन सचिव र पाँच सदस्य निर्विरोध निर्वाचित‌ भएका थिए ।  

उच्च अदालत पाटनको आदेश विरुद्ध हुने गरि मंसिरमा विशेष साधारणसभा गर्दै एनओसीले विधान संशोधन गरेको थियो। सोही संशोधित विधानका आधारमा गत शनिबार निर्वाचन भएको हो । पुस १३ गते हुने निर्वाचन नगर्न सर्वोच्चले पुस ११ गते नगर्नु नगराउनु भन्ने आदेश दिएपनि अटेर गर्दै मतदान भएको थियो । एनओसी आबद्ध २७ राष्ट्रिय संघमध्ये ७ वटाले भने सर्वोच्चको आदेश पालना गरेका थिए । यद्यपि सर्वोच्चले सबैलाई एकमुष्ट स्पष्टीकरण सोधेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर