सर्वोच्च बार निर्वाचनमा लोकतान्त्रिक समूह निर्वाचित
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा लोकतान्त्रिक समूह निर्वाचित भएको छ । एउटा सदस्य पदमा सतिशराज मैनाली बाहेक सबै उम्मेदवार लोकतान्त्रिक समूहका हुन् । मैनाली भने प्रगतिशिल समूहबाट थिए ।
अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् । उनले ३६८ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी महेश कुमार थापाले १८१ मत ल्याए । अध्यक्षका प्रतिस्पर्धी प्रेमसिंह धामीले १५ मत ल्याएका थिए ।
उपाध्यक्षमा ३४६ मत सहित अम्बर बहादुर राउत निर्वाचित भए । उनका प्रतिस्पर्धी भिष्मराज कडरियाले १७३ मत ल्याए । बरिष्ठ अधिवक्ता उत्तम बहादुर श्रेष्ठले २५ मतमात्रै पाएका थिए ।
सर्वोच्च बारको सचिवमा रमण कुमार कर्ण निर्वाचित भएका छन् । उनले ३३९ मत ल्याए । उनका प्रतिस्पर्धी प्रभाकर श्रेष्ठले २०५ मत ल्याए ।
सहसचिवमा पुन्देवी महर्जन निर्वाचित भएकी छन् । उनले ३३७ मत पाइन् भने प्रतिस्पर्धी श्रुति कुमारी रेग्मीले २१६ मत पाइन् । कोषाध्यक्षमा ३४० मत सहित रामचन्द्र पौडेल निर्वाचित भए । अनन्तराज लुईटेलले २०७ मत पाएका थिए ।
महिला सदस्यमा शशी बस्नेत ३१७ मत सहित निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी सुधा धितालले २०८ मत पाएकी थिइन् ।
सदस्यहरूमा दुर्गा मोहन श्रेष्ठ (३५४मत), इन्द्र शेखर खड्का(३१५), प्रदिप कुमार श्रेष्ठ (३१७), नागेश्वर प्रसाद चौधरी (२८०), निर्मल कुमार उपाध्याय (३२५), ओमकृष्ण श्रेष्ठ (२७९), प्रदिप कुमार राजवंशी (३१४) र सतिशराज मैनाली (२७२ मत) सहित निर्वाचित भए ।
बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन भएको थियो ।
प्रतिकृया दिनुहोस