सरकारले बढायो सार्वजनिक सवारी साधनको भाडा, कहाँकाे कति ?
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ ।
यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ।
यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ ।
पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ ।
प्रतिकृया दिनुहोस