साफ च्याम्पियन्सबारे नयाँ नियमः अब होम एण्ड अवेका आधारमा खेलहरु
काठमाडौं ।दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप अबदेखि ‘होम अर अवे’को आधारमा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बुधबारको बैठकले यो निर्णय गरेको हो ।
बैठकले अबको प्रतियोगिता जुन १५ देखि जुलाई २५ सम्म आयोजना गर्ने पनि निर्णय गरेको छ । महासंघका अनुसार प्रतियोगिताका सबै खेल एउटै देशमा हुने छैनन् । यस्तै सबै देशमा खेल हुने पनि छैन् ।
खेलहरू एकभन्दा बढी देशमा प्रतियोगिता हुनेछ । अबको संस्करणमा यही ढाँचामा प्रतियोगिता हुन नसकेको स्थितिमा एउटै स्थानमा पनि आयोजना हुन सक्नेछ । महासंघले अबदेखि प्रतियोगिता प्रत्येक दुई वर्षमा आयोजना गर्ने निर्णय पनि गरेको छ ।
सन् १९९३ देखि सुरु भएको प्रतियोगिताको सुरुआती दुई संस्करण सार्क गोल्डकपको रूपमा आयोजना भएको थियो । सन् १९९७ देखि भने साफ च्याम्पिनयसिपको नाममा प्रतियोगिता आयोजना भइरहेको छ ।
प्रतिकृया दिनुहोस