युवा खेलाडी गाभी र यामलले गरे बार्सिलोनाका लागि गोल
काठमाडौं । स्पेनिस सुपरकपमा बार्सिलोनाका दुई युवा खेलाडी चम्किँदा आफ्ना पुराना प्रशिक्षक भालभार्डेको क्लब एथ्लेटिको पराजित भएको छ ।
जितसँगै बार्सिलोना सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।
बार्साको जितका लागि लामो समय इन्जुरी भएर मैदान बाहिर रहेका आक्रामक मिडफिल्डर युवा खेलाडी स्पेनिस गाभीले खेलको १७औं मिनेटमा गोल गरे ।
बार्साका लागि अर्को गोल युवा स्टार लामिन यामलले गरे । दोस्रो हाफको ५२ मिनेटमा टिमका लागि दोस्रो गोल गरेर उनले जित पक्का गरेका हुन् ।
यामलकाे गाेलमा गाभीले तथा यामलकाे गाेलमा कुन्डेले पास मिलाएका थिए ।
स्पेनिस सुपर कपको दोस्रो सेमिफाइनलमा रियल मड्रिड र रियल मार्लोका भिड्नेछन्।
सुपर कपको फाइनल खेल आइतबार हुनेछ।
प्रतिकृया दिनुहोस