• २०८१ पौष २६ शुक्रबार
  • Friday, 10 January, 2025

अमृतबहादुर राई सचिवमा बढुवा 

काठमाडाैं । परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई सचिवमा बढुवा भएका छन्।

उनलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सरकारको निर्णयसँगै राईले बुधबार औपचारिकरुपमा सचिवको कार्यभार पनि सम्हालेका छन्।

सचिव सेवा लम्साल अवकाशअघि नै बेल्जियमको राजदूतमा सिफारिस भएपछि  राईलाई कामु सचिवको जिम्मेवारी दिइएको थियो। 

लम्सालको सिफारिस संसदीय समितिबाट अनुमोदन भइ राजदूत नियुक्त भएपछि सरकारले उनलाई सचिवमा बढुवा गरेको हो। 

वरिष्ठतम सहसचिव रहेका राई कामु सचिवको जिम्मेवारी पाउनुअघि मन्त्रालयका प्रवक्ता थिए।

सन् १९९६ मा सरकारी सेवामा जोडिएका राईले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि भएर समेत काम गरेका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर