यी हुन् पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेका ६ निर्णय
काठमाडौं । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ । बैठकले पुस २६ र २७ (शुक्रबार र शनिबार) हुने नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा गरिने वार्ता तथा छलफलको कार्यसूची पनि स्वीकृत गरेको छ ।
यस्तै, बैठकले सशस्त्र प्रहरीका ४ जना नायब महानिरीक्षकको पदावधि थप गर्नुका साथै नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा सहभागी हुनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले आगामी फागुन १२ गते देखि १५ गतेसम्म इलालीको रोममा आयोजना हुने जनवायु परिवर्तनसँग सम्बन्ध्ति कार्यक्रममा सहभागी हुनका लागि वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मालाई स्वीकृति प्रदान गरेको छ ।
मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालय सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी काजमा खटाउने निर्णय पनि गरेको छ ।
परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव अमृतबहादुर राईलाई बढुवा गरी परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने निर्णय पनि भएको छ ।
प्रतिकृया दिनुहोस