जय ट्रफी : सन्दीपकाे बागमतीलाई हराउँदै पुलिस फाइनलमा
जनकपुरधाम । त्रिभुवन आर्मी क्लब, जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । लिग चरण अन्तर्गतको अन्तिम खेलमा आइतबार मधेस प्रदेशलाई ८ विकेटले हराएपछि फाइनलमा आर्मीको स्थान सुरक्षित भएको हो ।
जारी प्रतियोगितामा आर्मीको यो पहिलो जित पनि हो । यसअघिका दुई खेलमा आर्मीले नेपाल पुलिस क्लब र बागमती प्रदेशसँग बराबरी खेलेको थियो । लिग चरणको तीन खेलमध्ये दुई खेलमा बराबरी र एक खेलमा जीत हात पार्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो ।
आइतबार वीरगञ्जको नारायणी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेसले दिएको २८ रनको लक्ष्य आर्मीले ६ ओभरमै मात्र दुई विकेट गुमाएर पुरा गर्यो । दोस्रो इनिङ्समा आर्मीका लागि तृतराज दासले सर्वाधिक १३ रन बनाए भने इमरान शेखले ८ तथा सन्तोष कार्की र बसिर अहमदले अविजित समान चार–चार रन बनाए ।
दोस्रो इनिङ्समा बलिङ्तर्फ मधेसका प्रदीप पासवानले दुई विकेट लिए । त्यसअघि पहिलो इनिङ्समा ३५.५ ओभरमा अलआउट हुँदा १०२ रनमात्र बनाएर फ्लोअनमा परेको मधेसले दोस्रो इनिङ्समा १५० रनमात्र बनाएको थियो ।
मधेसले दोस्रो इनिङ्समा ६४.१ ओभरमा अलआउट हुँदै १५० रनमात्र बनाएपछि आर्मीले जितका लागि २८८ रनको लक्ष्य पाएको थियो । आर्मीले आफ्नो पहिलो इनिङ्समा ५९.३ ओभरमा २२५ रन बनाएको थियो ।
मधेसविरुद्धको खेलमा आर्मीको जितमा कूल ९ विकेट लिन सफल साहब आलम नायक बने । पहिलो इनिङ्समा एक्लैले ६ वकेट लिएर मधेसको ब्याटिङ लाइनअप ध्वस्त पारेका आलमले दोस्रो इनिङ्समा पनि ३ विकेट लिए ।
आलमले यसअघि नेपाल पुलिस क्लबविरुद्धको पहिलो खेलमा पनि १० विकेट लिएका थिए। वीरगञ्जको नारायणी क्रिकेट मैदानमा माघ १ गतेदेखि सुरु हुने फाइनलमा उपाधिका लागि आर्मीले पुलिससँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणका खेलमा दुईमा जित र एक बराबरी खेलेको पुलिस यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतिकृया दिनुहोस