कृषि विकास बैंकको १८ औं वार्षिक साधरण सभा सम्पन्न

काठमाडौँ । कृषि विकास बैंक लिको आर्थिक वर्ष २०८०/८१ १८औं वार्षिक साधरणसभा सम्पन्न भएको छ ।

बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा आज सोमबार सम्पन्न भएको हो । बृहत कार्य संजालद्धारा आफ्ना बस्तु-सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २८२ वटा शाखाहरु मार्फत आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये कृषिमा सबै भन्दा बढी लगानी गरेको कृषि विकास बैंक लिको १८ औं बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिएका शेयरधनीहरुले उठाएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष रामशरण पुडासैनीले स्पष्ट पारेका थिए साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

शेयरधनीहरुको बाक्लो उपस्थिती रहेको उक्त साधरणसभामा विभिन्न निकाय÷संघ÷संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु क्रमश दीर्घराज मैनाली, डा.हरी बहादुर के.सी, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई , रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिती रहेको थियो भने साधरणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर