तुरुन्तै संसद अधिवेशन बोलाउन प्रचण्डको माग
सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै संघीय संसद अधिवेशन बोलाउन माग गरेका छन् ।
सिन्धुपाल्चोकको सुकेटेमा प्रेस सेन्टर सिन्धुपाल्चोकले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले अध्यादेशबाट सरकार चलाउनु खोज्नु अलोकतान्त्रिक हुने टिप्पणी गरे ।
दुई तिहाइ मत भएको सरकारले सदनको अधिवेशन बोलाएर संसदबाटै विधेयक पास गर्न सक्नुपर्र्ने बताउँदै उनले त्यसो नगरेर अध्यादेशबाट शासन चलाउन खोज्नु सरकार कमजोर र निरिह रहेको पुष्टि हुने उल्लेख गरे ।
‘सरकार सदन बोलाउन ढिला गर्ने र अध्यादेश ल्याउने उल्टो बाटो हिडिरहेको छ । दुई तिहाइ मत छ भन्नेले सदनमा सजिलै पास हुने विधेयक किन अध्यादेशबाट ल्याउन खोजिएको छ भने यो सरकार कमजोर, निरिह र गैरजिम्मेवार तथा अलोकतान्त्रिक सरकार हो,’ उनले भने ।
प्रतिकृया दिनुहोस