रविको विपक्षमा बहस गरेको वरिष्ठ अधिवक्ता त्रिपाठी अदालत परिसरमै कुटिए (भिडियाे)
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने विरुद्दकाे सहकारी ठगी मुद्दामा उनकाे विपक्षमा बहस गरेकाे वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठी काठमाडौं जिल्ला अदालत परिसर बबरमहलमै कुटिएका छन् ।
सहकारी पीडितका तर्फबाट वकिल रहेका त्रिपाठीमाथि अदालत परिसरमा बुधबार अपराह्न हातपात भएको हो।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेको थुनछेक आदेश आउनुअघि त्रिपाठीमाथि हातपात भएको हो।
त्रिपाठीमाथि हातपात आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका व्यक्तिको नाम प्रहरीले खुलाएको छैन। काठमाडौं अदालत परिसरमा रास्वपा समर्थकहरू पनि भेला भएका थिए।
अधिवक्ता त्रिपाठी कुटिदैगर्दा काठमाडौं अदालत परिसरमा रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, सांसदहरू सोबिता गौतम, चन्दा कार्की, हरि ढकाल, नेता दीपक बोहरा र रमेश प्रसाईंलगायत पनि उपस्थित थिए।
यसैबीच अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएकोमा रास्वपाले ध्यानाकर्षण भएको बताएको छ।
कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार जारी गरेको विज्ञप्तिमा त्रिपाठीमाथि हातपातमा पार्टी कार्यकर्ता संलग्न रहेको देखिएमा कारबाही हुने उल्लेख छ।
प्रतिकृया दिनुहोस