• २०८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025

ब्रान्ड परामर्श सेवा प्रदान गर्न क्रियो र स्ट्राटेजी सेन्ट्रलको साझेदारी

नेपालमा ब्रान्ड र व्यापार परामर्श सेवाहरू प्रदान गर्नका लागि दक्षिण एशियाका दुई प्रमुख नामहरू, क्रियो र स्ट्राटेजी सेन्ट्रल (आउटरिच नेपाल र ADCOMM समूह, बंगलादेशको ब्रान्ड र स्ट्राटेजी परामर्शको भर्टिकल) ले साझेदारी गरेका छन्। बंगलादेश दूतावासका कार्यवाहक श्री मोहम्मद हुमायुन कबीर र नेपालको विज्ञापन बोर्डका अध्यक्ष श्री लक्ष्मण हुमागाईँ लगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा विभान्त काठमाडौँमा आयोजित एक कार्यक्रममा साझेदारीको औपचारिक घोषणा गरिएको छ ।

दुबै कम्पनी मिलेर नेपाली ब्रान्डहरूलाई विश्वव्यापी ब्रान्डको प्रभुत्व भएको प्रतिस्पर्धात्मक परिदृश्यमा फस्टाउन सशक्त बनाउने लक्ष्य राखेका छन्। यस साझेदारीले घरेलु ब्रान्डहरूले सामना गर्ने प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न , उनीहरूलाई दीर्घकालीन दिगोपन सुनिश्चित गर्न रणनीतिहरूको मार्गदर्शन दिनेछ ।

कार्यक्रममा स्ट्राटेजी सेन्ट्रलका अध्यक्ष र ADCOMM समूहका प्रबन्ध निर्देशक नजिम फरहान चौधरीले यस साझेदारीको महत्त्वलाई प्रकाश पारे ।

“आजका क्लाइन्टहरुलाई विज्ञापन भन्दा बढी पनि अरु केही चाहिन्छ – उनीहरूलाई आफ्ना दर्शकहरूसँग अर्थपूर्ण योजनाहरू निर्माण गर्न रणनीतिहरू चाहिन्छ । यो मागलाई सम्बोधन गर्न स्ट्राटेजी सेन्ट्रलको स्थापना भएको थियो र क्रियोसँगको साझेदारीले नेपालमा हाम्रो विचार विस्तार गर्न महत्त्वपूर्ण भुमिका खेल्नेछ । 

नजिम फरहान एक प्रसिद्ध उद्यमी पनि हुन् जो प्रारम्भिक चरणको स्टार्टअप इकोसिस्टममा सक्रिय रूपमा संलग्न छन । शार्क ट्याङ्क बंगलादेशमा शार्कको रूपमा उनको भूमिकाले उदीयमान व्यवसायहरूलाई समर्थन गर्ने उनको प्रतिबद्धतालाई जोड दिन्छ । उनले साझा गरे को यो साझेदारीले क्रियोका निर्देशक र आउटरिचका संस्थापक उजय शाक्यसँगको उनको लामो समयको सम्बन्धलाई पनि प्रतिबिम्बित गर्दछः “घरेलु ब्रान्डहरू उचाइमा पु¥याउने हाम्रो साझा दृष्टिकोण दुई दशकभन्दा लामो समयदेखिको प्रयास हो र यसलाई आकार दिन पाउँदा म हर्षित छु। 

“क्रियोका निर्देशक र आउटरिचका संस्थापक, उजय शाक्यले घरेलु ब्रान्डहरूलाई समर्थन गर्ने कुरामा जोड दिनुभयोः “नेपाल एक युनिक मार्केट हो, तर स्थानीय ब्रान्डहरूले बहुराष्ट्रिय र क्षेत्रीय ब्रान्डहरूको कडा प्रतिस्पर्धाको बिचमा आफूलाई टिकाउन अक्सर सङ्घर्ष गर्नुपर्छ। यो साझेदारी नेपाली ब्रान्डहरू स्पष्ट, सरल र प्रभावकारी रणनीतिका साथ सफल हुन सहयोग गर्न हाम्रो प्रतिबद्धता 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर