• २०८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025

एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले) को सचिवालय बैठक मंगलबार बस्दैछ। 

आज अपराह्न ४ बजे पार्टी ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने तय भएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

‘बैठकमा खास एजेन्डा त छैन। समसामयिक राजनीतिक परिस्थिति, पार्टी केन्द्रीय कमिटी बैठकका निर्णयहरू अन्तरपार्टी निर्देशनमार्फत् सर्कुलर गर्ने लगायत विषयमा छलफल हुनेछ,’ उनले भने।

सरकारले संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान गरेको छ। सरकारले संसद छलेर पाँच वटा अध्यादेश जारी गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायत ६ विपक्षी दल रुष्ट छन्।

उनीहरूले पत्रकार सम्मेलन गरेर नै आपत्ति प्रकट गरेका थिए।

संसद्को आउँदो अधिवेशनमा यही विषय जोडदार रूपमा उठाउने तयारी समेत गरेका छन्।

एमालेले यसबारे पनि छलफल गर्ने बताएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर