एमाले अछाममा पहिराे: साँफेबगर नगर कमिटिनै भीम रावलको अभियानमा समाहित हुने
काठमाडौं । नेकपा (एमाले) अछामको ठूलो पङ्क्तिले पार्टी परित्यागको घोषणा गर्ने तयारी गरेको छ।
सोमबार पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोाणा गर्ने तयारी भइरहेको त्यसमा संलग्न स्थानीय नेताहरुले बताएका छन्।
एमालेबाट निष्काशित नेता डा. भीम रावलले घोषणा गरेको मातृभूमि जागरण अभियानलाई सघाउने उनीहरुको भनाई छ।
१० पुसमा एमालेले नेता रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि अभियान घोषणा गरेर रावल देश दौडाहमा छन्।
४ माघमा सुदूरपश्चिम पुगेका रावल अहिले गृहजिल्ला अछाममा सक्रिय छन्। एमालेको ८३ सदस्यीय साँफेबगर नगर कमिटीले सामूहिक पार्टी परित्यागको घोषणा गर्न लागेको हाे ।
पदाधिकारी र नगर कमिटी सदस्यका साथै साँफेबगरबाट करिब एक हजार बढीको संख्यामा नेता कार्यकर्ताले एमाले परित्याग गरेर मातृभूमि जागरण अभियानमा समाहित हुँन लागेका हुन्।
'कम्युनिस्ट पार्टीले शत्रु भनेको शक्ति, समूह र व्यक्तिसँग गठबन्धन गरी इमान्दार, देशभक्त र सिद्धान्तनिष्ठ व्यक्तिहरूमाथि दमन गर्ने कृत्यकै भद्दा रूप हो,' संयुक्त वक्तव्यमा भनिएको छ, 'त्यसकारण हामी एमालेको विभिन्न तहमा विभिन्न जिम्मेवारीसहित लामो समयदेखि कार्यरत एवम् सदस्य रही योगदान गर्दै आएकाहरू डा. भीम रावलको राष्ट्रियता, जनजीविका र जनाधिकारको पक्षमा तथा त्यसको रक्षा र प्राप्तिका लागि प्रस्ताव गर्नुभएको मातृभूमी जागरण अभियानलाई पूर्णरूपमा समर्थन गरी अगाडि बढ्ने…..।'
प्रतिकृया दिनुहोस