• २०८१ माघ ७ सोमबार
  • Monday, 20 January, 2025

माघ तेस्राे सातादेखि संसद अधिवेशन बोलाउने सरकारको तयारी 

काठमाडाै‌ । सरकारले यही १८ माघदेखि संसद अधिवेशन बोलाउन तयारी गरेको छ । संसद अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच सोमबार छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको यो छलफलमा संसद अधिवेशनको मितिबारे चर्चा भएको जनाइएको छ । यो भेटमा संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी थिए । 

सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको भेटमा सहभागी एक नेताले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । 

सरकारले हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरेको भन्दै आलोचनासमेत भइरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर