• २०८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025

अखिल क्रान्तिकारीकाे अध्यक्षमा आ–आफ्नै अडानः अध्यक्ष र महासचिवमा सहमतिको प्रयास गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्व चयन सहमतिबाट हुने सम्भावना कमजोर हुँदै गएको छ ।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको आजको पदाधिकारी बैठकमा नेताहरुले आ आफ्ना उम्मेदवारका पक्षमा अडान नछोडेकाले एकमत हुन नसकेको एक पदाधिकारीले समाचार दैनिकलाई जानकारी दिए । 

‘सहमतिको प्रयास सकिएको छैन, उम्मेदवार दिन चाहानेका लागि आज उम्मेदवारी दिन नरोक्ने तर सकेसम्मा अन्मिमा पनि अध्यक्ष र महासचिवमा सहमतिको प्रयास गर्ने’ ती पदाधिकारीले भने ।

अध्यक्ष प्रचण्ड निवास खुमलटार मंगलबार सहमतिबाटै नेतृत्व छनोट गर्नका लागि अध्यक्षका प्रत्यर्थीसहित नेताहरूसँग छलफल भएको थियो । तर अध्यक्षमा आकाङ्क्षीहरू आ–आफ्ना अडानमा रहेपछि सहमतिको प्रयास असफल भएको एक नेताले जानकारी दिए । 

त्यसअघि अध्यक्ष प्रचण्डले अध्यक्षका प्रत्यासीहरु र विद्यार्थीको विषयमा बनेको कार्यदलका संयोजक शक्ति बस्नेत, अध्यक्षका आकांक्षी, निवर्तमान उपाध्यक्ष लगायत नेताहरूसँग छलफल गरेका थिए । 

छलफलहरूमा सहमतिको प्रयास असफल भएपछि निर्वाचनबाट नै नेतृत्व छनोट गर्नका लागि आज साँझ ६ बजेसम्म निर्वाचन समितिले समय तोकेको छ । माघ १२ गते नेतृत्वको लागि निर्वाचन हुँदैछ । 

अध्यक्षको दाबेदारमा सुदीन पौडेल, विजय प्रकाश शर्मा सापकोटा, तिर्सना हमाल, हेमन्त राईलगायत रहेका छन् । 

संशोधित विधान अनुसार आयोजक समितिका पदाधिकारी अध्यक्षका दाबेदार बन्न पाउनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर