• २०८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025

पासाङलाई उपाध्यक्ष बनाउने अडानबाट प्रचण्ड पछि हटेका हुन् ? 

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा आउन खोजेकाे विषय माओवादी पार्टीभित्र बहसकाे विषय बनिरहेकाे छ ।

अध्यक्ष प्रचण्डले ल्याउन खाेजेकाे चर्चा चलिरहेका बेला गत केन्द्रीय समितिमा स्पष्टीकरणा दिदै उनले पासाङ नै आउन खाेजेकाे बताएका थिए ।

यसकाे समाधान कार्यविभाजनमा मार्फत हुने भनिएपनि अहिले साेही विषयले अड्काइरहेकाे कतिपय नेताकाे टिप्पणी छ । 

पुस अन्तिम साताको स्थायी समिति बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु पार्टीको मात्र विषय नभएको भन्दै यसले राष्ट्रपति र उपराष्ट्रपति पद मुलुककै सम्मानित पद भएको बताएका थिए ।

सोही स्थायी समिति बैठकमा अञ्जना विशंखेले पूर्वउपराष्ट्रपति पुन पार्टी राजनीतिमा आउन लागेको सन्दर्भमा प्रश्न उठाएकी थिइन् ।

केन्द्रीय समिति बैठकमा सुदन किराँती, इन्द्र आङ्बो, लेखनाथ न्यौपाने, कुलप्रसाद साम्बालगायत आधा दर्जन नेताहरूले पूर्वउपराष्ट्रपतिलाई सम्मानित अवस्थामै रहनु उचित हुने भन्दै सक्रिय राजनीतिमा आउन नहुने बताएका थिए ।

माओवादीका एक पदाधिकारीका अनुसार पूर्वउपराष्ट्रपतिलाई उपाध्यक्षमा मनोनीत गर्ने तयारी हाल स्थगित भएको छ । पूर्वउपराष्ट्रपति पुनले आफू पार्टीमा सक्रिय भएर योगदान दिन चाहेको निकट नेताहरूसँग बताएका छन् ।  

उपराष्ट्रपति भइसकेको व्यक्ति पार्टीमा आउँदा आन्तरिक समीकरणमा केही तलमाथि भए पनि एकपटक सम्मानित भइसकेको व्यक्ति राजनीतिमा सक्रिय हुँदा ‘गालीगलौज, गुटउपगुट, हारजित’ को खेलमा लाग्न नहुने सुझाव पनि दिए ।

माओवादीमा नेतृत्व रूपान्तरणको चर्को बहस भइरहेका बेला ‘एक्जिट’ भइसकेको व्यक्तिको पुनरागमन गराउने तयारीले युवा पंक्तिबाट विरोध भएको हो ।

पूर्वराष्ट्रपति वा पूर्वउपराष्ट्रपतिहरू राजनीतिक दलमा सक्रिय हुन संवैधानिक र कानुनी बन्देज भने छैन ।  

सशस्त्र द्वन्द्वका बेला वर्षमान पुन, नन्दबहादुर पुन, जनार्दन शर्मा र चक्रपाणी खनाल माओवादी लडाकुको डेपुटी कमान्डर थिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर